२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोट : आज नेपाल-मलेसियाबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा खेल सवा १ बजे सुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । मलेसिया प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।

दीपेन्द्रसिंह ऐरीको चोट नेपालका लागि चिन्ताको विषय बनेको छ । हिजोको खेलअघि अभ्यास गर्ने क्रममा घाइते हुँदा बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । त्यसैकारण प्लेइङ-११ मा भए पनि उनी खेल्न नसक्ने भएपछि नेपालले विवेक यादवलाई उनको स्थानमा खेलाएको थियो ।

सानदार सुरुवात गरेको नेपालको बलियो आत्मविश्वास
आज पनि दीपेन्द्रको स्थानमा विवेकले नै अवसर पाउन सक्छन् । दीपेन्द्र हुँदा नेपालको मध्यक्रम र स्पिन आक्रमण केही कमजोर बन्न सक्छ । नेपालले मलेसियाविरुद्ध अन्तिम ४ खेलमा हार बेहोरेको छैन । मलेसियालाई लगातार पाँचौं खेलमा पराजित गर्दै नेपाल सेमिफाइनलनजिक पुग्न चाहन्छ ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा ओमान र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ । ९ बजे नै मूलपानी मैदानमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै कुवेत र यूएई पनि आजै प्रतिस्पर्धा गर्दै छन् । मूलपानी मैदानमा खेलिने यो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस