काठमाडौं । गाउँघरमा तथा जंगलहरूमा जताततै पनि पाउन सकिने सिस्नो स्वादका लागि मात्र नभई स्वास्थ्य र आयुर्वेदिक औषधिजन्य हिसाबले पनि एकदमै फाइदा-जनक मानिन्छ । सिस्नो खासगरी रसिलो, ओसिलो अर्थात् चिस्यानयुक्त ठाउँमा पाइने वनस्पति हो । नाङ्गो हातले छुँदा पोल्ने यो वनस्पतिलाई तरकारी र ओइलाएर गाईबाख्राका लागि घासको रूपमा पनि प्रयोग गरिँदै आएको छ ।’
सिस्नो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसमा धेरै किसिमका पौष्टिक तत्वहरु पाइन्छन । सिस्नोमा फलाम आइरन , पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ ।’
यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् । औषधीय गुण सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ । सिस्नोले धेरै किसिमको रोगको उपचार गरेको हुन्छ । विशेष गरेर मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि यो निकै नै लाभदायक मानिन्छ ।
यसले शरीरमा एलर्जी हुनेहरूका लागि धेरै राम्रो काम गरेको हुन्छ । पिसाबमा संक्रमण हुनेहरूका लागि पनि सिस्नु खानाले धेरै फाइदा गर्छ कपाल सिल्की बनाउनुका साथै झर्नबाट रोकिन्छ । नयाँ रगत बन्नका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ । बेलाबेलामा सिस्नोको सेवन गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि भई धेरै किसिमका रोगहरू लाग्नबाट बाँच्न सकिन्छ ।