२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चन्द्रग्रहण २ः३८ बजे सकिएपछि बिहान ब्रह्म मुहूर्तमा गर्नुपर्छ अनिवार्य यी काम

chandra grahan 2023 things to do after lunar eclipse

काठमाडौं । आश्विन शुक्ल पूर्णिमा अर्थात कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लागेको छ । तपाईहरु कोही जागा नै रहनुभयो त कोही सुत्नुभयो होला । नेपाली समय अनुसार राति १ः१९ बजे स्पर्श भएर राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुनेछ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार चन्द्रग्रहण सकिएपछि गर्नुहोस् यी कामहरु ।।’

चन्द्रग्रहण सकिएपछि नुहाउने

पवित्र नदीमा नुहाउन सके झनै राम्रो हुन्छ । यदि तपाई कुनै पवित्र नदीमा जान सक्नुहुन्न भने घरको पानीमा गंगा जल मिसाएर स्नान गर्नुहोस्। गंगा जल आफ्नो पूजा कोठामा जहिलै सुरक्षित राखिएको हुनुपर्छ ।’

चन्द्रग्रहण लागेपछि घरमा गंगा जल छर्किनुपर्छ । यसो गर्नाले ग्रहणको नकारात्मक ऊर्जा हट्छ । चन्द्रग्रहण समाप्त हुने बित्तिकै आफ्नो घरको मन्दिरको ढोका खोल्नुहोस्। त्यसपछि घरको मन्दिरमा धूप, दिप र घ्यूको दियो बालेर भगवानको पूजा गर्नुहोस्। यदि यो ग्रहण मध्यरातमा लागेको छ भने भोलिपल्ट बिहान ब्रह्म मुहूर्तमा उठेर पूजा गर्नुपर्छ । यो पटकको चन्द्र ग्रहण मध्यरातमा लागेकाले बिहान ब्रह्म मुहूर्तमा उठेर यो सबै गर्नुहोस् ।’

यसका साथै चन्द्रग्रहण सकिएपछि आफ्नो क्षमता अनुसार दान गर्नुपर्छ ।अन्न, तरकारी, तेल आदि वस्तु दान गर्न सक्नुहुन्छ । यो दान ब्राह्मण वा खाँचोमा परेका व्यक्तिलाई मात्र दिनुहोस्। साथै, गृह मन्दिरमा ग्रहण समाप्त भएपछि, भगवानका सबै मूर्तिहरूलाई गंगा जलले स्नान गर्नुहोस्।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस