२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले नेपालकाे गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्रामपनि नक्कली बनायाे

११ कार्तिक, काठमाडौं । भारतले गाैतम बुद्धकाे जन्मस्थान कपिलबस्तुपनि नक्कली बनाएकाे धेरैलाई थाहा थियाे । अब त शान्तिका अग्रदत गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप समेत नक्कली बनाएर प्रचार गर्न थालेकाे छ ।”

सक्कली नै भारतमा छ भनेर प्रचारप्रसार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।”

रामग्राम विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको छ । प्राचीन रामग्राम र देवदहका विषयमा तत्काल आवश्यक कदम चाल्न नागरिक समाज नवलपरासीले सरकारको ध्यानाकर्षण गराएको छ ।”

 

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै नागरिक समाजले भारत सरकारसँग पहल गरी गलत प्रचार रोक्न माग गरेको हो । भारतका अधिकारीहरु र भारतीय सञ्चार माध्यमहरुले केही दिनदेखि देवदह र रामग्रामको विषयमा भ्रमपूर्ण प्रचार गरिरहेका छन् । याे तत्काल खण्डन गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले जानकारी दिए ।”

तर सरकार याे विषयमा बेखबर जस्तै छ । अहिले भारतीय हरेक सञ्चार माध्यमबाट शान्तिका अग्रदत गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप भारतमा रहेकाे दावा युक्त सामाग्री प्रकाशन/ प्रसारण भइरहेका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस