२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रगत पाउन समस्या, एक पिन्ट रगतले अरूको ज्यान बाँच्ने भएकाले रक्तदान गर्न आह्वान

Call for blood donation

भक्तपुर । पहिले–पहिले रगत कही नपाए भक्तपुर जानु भन्ने भनाइ रहेको भए पनि अहिले भक्तपुरमा मै रगत अभाव भएको छ । दशैं सुरु भएदेखि नै रक्तदान लगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सह–महामन्त्री मनोजकुमार थापाले जानकारी दिए ।

उनले चाडबाडको बेलामा रक्तदान लगायत कार्यक्रम नहुँदा रगत अभाव भएको बताउँदै मागअनुसार रगत उपलब्ध गराउन नसकेको बताए । यद्यपि रगत लिन भक्तपुर आउने बिरामीका परिवारलाई रित्तो फर्कनुपर्ने अवस्था भने नआएको उनले बताए । सह–महामन्त्री थापाले भने, ुयतिखेर देशव्यापी रुप मै रगतको अभाव चुलिएको छ । दसैँका कारण रक्तदान कार्यक्रम हुन सकेको छैन, भक्तपुरमा पनि रगतको अभाव छ, दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका छौँ, तर माग भने दैनिक एक सय ५० पिन्टसम्म हुने गरेको छ, रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भएपछि दिएका छौँ, रित्तो फर्कनु परेको छैन ।

रक्तदान नहुँदा आपतकालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदातालाई फोन गरेर बोलाउँदै रगत सङ्कलन गरेर पठाउने गरेको थापाले बताए । भक्तपुरमा मात्रै नभई काठमाडौं उपत्यकालगायत काभ्रे र उपत्यका बाहिरबाट समेत रगत लिन भक्तपुर आउने हुँदा भक्तपुरमा माग बढी देखिएको हो । उनले आफ्नो एक पिन्ट रगतले अरूको ज्यान बाँच्ने भएकाले यो पुण्य काममा रक्तदान गरेर सहयोग गर्न सबैमा आह्वान गरे । डेङ्गुका बिरामी बढ्दै गएपछि रगतको माग पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस