२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध नेपाललाई लगातार पाँचौं सफलत : दीपेन्द्र सिंह ऐरीको वर्ल्ड क्लास अट्याक

dipendra singh airee wickets

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनल खेलमा यूएईविरुद्ध नेपाललाई पाँचौं सफलता प्राप्त भएको छ । यूएईका कप्तान मोहम्मद वसीमलाई गुल्सन झाले ढालेर पहिलो सफता दिलाएका थिए । युवा बलर झाले तेस्रो विकेटपनि लिए । कुशल मल्लको बलमा सन्दीप जोराले शनसनीपूर्ण क्याच गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।’

अविनाश बोहोराले कुशल भुर्तेलको हातबाट देशलाई चौथो सफलता दिलाए । दीपेन्द्र सिंह ऐरीले वर्ल्ड क्लास अट्याक गर्दै पाँचौं विकेटको रुपमा सुसाइड रन आउट गराए । सोमपाल कामीको बलमा ऐरीले वृत्य अरविन्दलाई आउट गरे ।’

गुल्सनले ६.४ ओभरमा घर फर्काउँदै २२ बलमा ४५ रन जोडेका मोहम्मद वसीमलाई रेकर्ड राख्न रोके । ९.२ ओभरमा अर्का यूएईका ओपनर आर्यन शर्मालाई कुशल मल्लले जोराको हातबाट आउट गराए । १०.५ ओभरमा गुल्सनले अबिनाश बोहोराको हातबाट यूएईका आसिफ खानलाई आउट गरे । १४.३ ओभरमा बोहोराले कुशल भुर्तेलको हातबाट आउट गराए । १५.४ बलमा ऐरीले वृत्य अरविन्दलाई रन आउट गरे । ‘

१६ ओभरमा पाँच विकेटको क्षति व्यहोर्दै यूएईले १३३ रन बनाएको छ । नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ ।’

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस