२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध नेपाललाई आठौं झड्का: एकपछि अर्को गर्दै कीर्तिमानी ब्याट्सम्यानहरु ढले

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनलमा यूएईविरुद्ध खेलिरहेको नेपाललाई आठौं झड्का लागेको छ । ४.६ ओभरमा नेपालका विस्फोटक ब्याट्सम्यान आसिफ शेख आउट भएका थिए । ६.४ ओभरमा नेपालका ‘बीग डेन्जरस म्यान’ कुशल मल्ल आउट भए ।’

त्यस लगत्तै ७.३ ओभरमा अर्का ‘बीग डेन्जरस म्यान’ कुशल भुर्तेल आउट भए । त्यसपछि १२.१ ओभरमा कप्तान रोहित पौडेल आउट भए । त्यसलगत्तै १२.४ ओभरमा कीर्तिमानी ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी आउट भए । त्यसपछि आएका सन्दीप जोरा १५.१ ओभरमा आउट भए । १६.१ ओभरमा भरोसा राखिएका गुल्सन झा आउट भए । कुनै बेला टीमलाई बचाएका सोमपाल कामी १७.४ ओभरमा आउट भए ।’

यूएईका युवा बलर अयान अफजल खानले चार विकेट लिए । १८ ओभरमा नेपालले १४३ रन बनाएको छ । नेपालले ८ विकेट गुमाइसकेको छ । अहिले अविनाश बोहोरा र करण केसी क्रिजमा छन् ।’

 

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस