२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्केको नेपाली टोलीलाई भव्य स्वागत

A grand welcome to the Nepali team that returned home after winning the ACC U-19 Premier Cup title

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेर नेपाली किक्रेट टोली स्वदेश फर्केको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए ।

मंगलबार भएको खेलमाटस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो । वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भयो । नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिएपछि यूएई लक्ष्यसम्म पुग्न सकेन । यूएईका ध्रुव परासले आक्रामक ५९ रन बनाउँदै नेपाललाई अत्त्याएका थिए । उनको विकेटसँगै यूएई कमजोर बन्यो ।

खेलमा नेपालका लागि कप्तान देव खनालले शानदार शतक बनाए । उनी ९२ बलमा १०० रन बनाएर आउट भएका थिए । उनले ओपनर अर्जुन कुमालसँग गरेको शतकीय साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्‍याएको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस