२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फ्याक्ट चेक : कुलमान हिजो ठिक थिए, कुनै एक दलको बनेपछि नेपाल र नेपालीलाई खर्बौ घाटा गराउँदै

Fact check Kulman was fine yesterday causing losses of billions to Nepal and Nepali after joining one of the parties

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमा राजनीतिक रङ्ग नघुल्दासम्म आम नेपालीको पक्षमा काम गरे । विद्युत चुहावट र व्यवस्थापनमा उनले देखाएको कुशलताले नेपाल अन्धकारबाट उज्यालो युगमा प्रवेश गर्यो । इन्भर्टर, जेनेरेटर, विभिन्न सोलार बत्ति उत्पादन र वितरक कम्पनीको कमिसनको चंगुलमा कर्मचारी फसेर नेपाल र नेपालीमाथी लोडसेडिङको घात गरिरहेका थिए ।’

नेपाल विद्युत् प्राधिकरणको नेतृत्व तहमा उनको आगमनसँगै देश र जनतामाथी भइरहेको त्यो घातलाई निस्तेज पारे र लोडसेडिङ सँधैका लागि अन्त्य गरे । त्यो केही बर्षका लागि काबिल थियो । कामका चरणहरु परिवर्तन हुन्छन् । त्यो युगपछि नेपालमा सरकारी र नीजि प्रयासमा कयौं विद्युत परियोजना बनेका छन् । ‘

अब जति चुहावट, बद्मासी गरेपनि नेपालमा खपत क्षमताको दोब्बर विद्युत उत्पादन हुन थालेको छ । पहिले भारतबाट किन्नुपर्ने नेपालको अस्था भारतलाई बेच्ने भएको छ । भारतलाई बेच्ने मात्र हैन, नेपालको विद्युत क्षमतालाई पूर्ण रुपमा सदुपयोग गर्ने हो भने आधा विश्व उज्यालो हुन्छ भन्ने दावी खोजकर्ताको छ । ‘

तर अहिले उत्पादन भएको विद्युत नै बेच्न नसकेर देशले दैनिक अर्बौ रकम घाटा खान थालेको छ । कार्यालयको व्यवस्थापकीय क्षेत्रमा कुलमान सही थिए । तर जब दोस्रो पटक लागि नियुक्त हुन उनले नेकपा माओवादी केन्द्रको कार्यकर्ताको रुपमा पगरी गुथे । त्यसपछि उनी निर्णय तहमा नागरिकको पक्षमा काम गर्न चुक्न थाले । उनी राजनीतिक रंगमा धुलिनु नै देश र नागरिकका लागि र्दुभाग्य बनेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अर्को छिमेकी मुलुक चीनसँग ऊर्जा कनेक्टिभिटीको सम्झौता गरेको थियो । केरुङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार ऊर्जा प्रसारणलाइनबाट नेपालले चीन र चीन हुँदै तेस्रो मुलुकमा विद्युत व्यापार गर्ने योजना बनाएको थियो । ‘

त्यसलाई निस्तेज पार्न भारतले आफ्नो प्रत्यक्ष योजना र कुटिलतामा एमसीसी सम्झौता गराएर भारतसँग मात्र ऊर्जा प्रसारणलाइन कायम राख्न कदम चाल्यो । त्यसको बाधक बनिदिए ओली । त्यसपछि उक्त स्वार्थ पूरा गर्न ओली नेतृत्वको सरकार ढालेर यही शर्तमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयो । त्यहाँसम्मको राजनीतिक यात्रामा संसददेखि अदालतसम्म के–के भयो ? सबै आम नेपालीलाई थाहा छ । त्यसपछि आएको अर्को चुनावी परिणाममा यही सीमापार ऊर्जा प्रसारणलाइनको राजनीतिक चंगुलमा नेपालको राजनीति फेरि फस्यो ।’

ओलीले चीनको बाटो पक्रिन कुनै बेला अब मिल्नै सक्दैनन् भनिएका र चट्टान झै कडा दलीय गठबन्धन बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर राजनीतिक चमत्कार गरे । तर त्यो लामो समय टिकेन । भारत र अमेरिकाका अघि चीनको केही लागेन । “पल्ला घरको नरे वल्लाघर सरे” झै प्रचण्ड एमाले छोडेर सर्लक्क फेरि कांग्रेस, माओवादी, नेकपा (एस) लगायतको दलीय गठबन्धनमा नै गए ।’

यही राजनीतिक खिचनातीको छायामा नेपाल विद्युत् प्राधिकरण पर्दा देश र नागरिकको अर्बौ–खर्बौ घाटा हुन थालेको छ । भारतले नेपाललाई जहिलै कमजोर बनाएर आफूसँग परनिर्भर रहोस् भनेर नै सबै कुटनीतिक कदम चाल्छ । त्यो हिजोदेखि आजसम्मका सबै सम्झौता, गतिविधिबाट देखिन्छ । विद्युतको क्षेत्रमा नेपालले आफूलाई चमत्कारीक विकास गर्न सक्छ भनेर ठूला र सजिला परियोजनाजति आफूले बनाउने भन्दै भारतले विभिन्न शासकका बेलामा सम्झौता गरेर दशकौंदेखि ओगटेर राखेको छ । नेपालले जति विद्युत उत्पादन गर्छ त्यो हामी किन्छौं भनेर बाध्यकारी सम्झौता गर्छ । अवस्था सृजना गर्छ । तर अब नकिनेर नेपाललाई दैनिक अर्बौ घाटा हुने अवस्थामा ल्याइदिएको छ । अहिलेपनि चरम हिउँदमा नेपाललाई आवश्यक छ भन्दै नेपालले बेचेको भन्दा अधिक मूल्यमा भारतले नेपाललाई बिजुली किन्न बाध्य गराउँछ । अहिलेपनि दैनिक करोडौंको विद्युत भारतबाट किनिन्छ । तर जतिबेला नेपालको अत्याधिक विद्युत उत्पादन हुन्छ त्यो बेला भारतले बिजुली किन्न बन्द गरिदिन्छ ।’

अहिलेपनि भारतलाई कयौं बिजुली अभाव छ । तर बरु नागरिकलाई टुकी बाल्न लगाएर राख्छ नेपालबाट बिजुली किन्दैन । अहिले दैनिक ५ सयदेखि ७ सय मेघावाट बिजुली नेपालमा खेर गइरहेको छ । यो भनेको दैनिक अर्बौ रकम हो । यदी चीनसँग ऊर्जा कनेक्टिभिटी थियो भने चीन वा त्यहाँ हुँदै तेस्रो मुलुकमा बिजुली नेपालले मज्जाले बच्न पाइन्थ्यो । त्यो हुनपनि भारतले दिँदैन । भारतले तेस्रो मुलुकमा बिजुली बेच्नपनि प्रसारण लाइनको अनुमती दिँदैन । यी निर्णय र कामलाई अघि बढाउन नेपाल विद्युत् प्राधिकरणले तदारुकता दिन सक्छ । तर माओवादी नेतृत्वको सरकार रहेकाले सरकारविरुद्ध कुलमान एक शब्दपनि बोल्न सक्दैनन् । र चाहादैनन् । ‘

किनकी उनका प्रभु नै अहिले प्रधानमन्त्री छन् । साधारण मानिसले बुझेको कुरा कुलमानले नबुझेका होलान् ? तपाईहरुले अहिलेसम्म नेपाल र नेपालीको डलरमा बेच्न सकिने बिजुली यसकारण खेर गयो भनेर कुलमानले एक शब्द बोलेको कही सुन्नुभएको छ ? भारतले अवरोध गरे अर्को मुलुकबाट जान्छौं भनेको सुन्नुभएको छ ? छैन । तर अहिले नेपालका नीजि क्षेत्र र सरकारका विद्युत हाउसबाट निस्किने अर्बौ रकमको बिजुली नेपालको आन्तरिक खपतबाटपनि बढी भएर खेर गइरहेको छ । यसले ती पावर हाउसमा लगानी गर्ने, शेयर किन्ने आम नेपाली नागरिक र स्वयं नेपाल देशले ठूलो घाटा खाइरहेको छ । यसको जिम्मेवार को ?’

 

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस