२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोलुखुम्बुको हेलिकोप्टर दुर्घटनामा परेका पाइलट सेढाई बचाउने सबै प्रयास भारतमा विफल भयो

Solukhumbu helicopter crash

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका पाइलट प्रकाश कुमार सेढाईको उपचारको क्रममा भारतमा मृत्यु भएको छ। सोलुखुम्बुको लबुचेमा असोज १७ गते बिहान हेलिकोप्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई फिस्टेल एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । त्यसपछि एयर एम्बुलेन्समा राखेर उपचारका लागि भारत लगिएको थियो । तर बचाउने सबै प्रयासहरु विफल भए । हेलिकोप्टरमा उनी एक्लै थिए।

लुक्लाबाट सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९एन-एएनजे कलसाइनको हेलिकोप्टर बिहान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको हेलिकोप्टरमा आगलागी भएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस