२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

Two people died on the spot 6 injured in a Bolero jeep accident

दोलखा । दोलखाको विगु गाँउपालिका वडा नम्बर– २ ओराङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । दुर्घटनामा विगु गाँउपालिका वडा नम्बर– २ कै चिनिमाया तमाङ र बलिमाया तमाङको मृत्यु भएको वडा अध्यक्ष दिपक ठकुरीले बताए ।

दोलखाको सिंगटीबाट बासपानी जादै गरेको बा १४ च ८९३४ नम्बरको बोलेरो जिप ओराङ राईबेटारमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका ६ जना मध्य तीन जनाको उपचार सिगटीमा भै रहेको र गम्भीर घाईते तीन जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको स्थानीयले बताएका छन् ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस