२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खेल जारी रहँदा क्रिकेटको मैदानमा भारी बर्षा भए के–के गर्नुपर्छ ?

काठमाडौं । क्रिकेटका मैदानहरु एका-दुई बाहेक खुल्ला आकाशमा छन् । विश्वका ठूला प्रतियोगिता हुने मैदानपनि खुल्ला आकाशमा नै छन् ।

कुन बेला कति उजाई र लम्बाईमा बल हानिने हो त्यो टुंगो नहुने भएकाले खुल्ला आकाश नै छोडिन्छ । फिल्ड अत्याधिक ठूलो हुने र सबै कभर गर्न अति खर्चिलो हुने भएकालेपनि यो गरिन्न । खुल्ला आकाश बाहेक इनडोर क्रिकेटमा मज्जा नआउने भएकालेपनि सायद यो गरिन्न ।

तर खेल जारी रहेका बेला भारी बर्षा भए के गरिन्छ ? सबैको चासोको बिषय हो ।

यो मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप अन्तर्गतको नेपाल र यूएईबीचको खेल जारी रहेका बेला बर्षा भएपछिको तस्बिर हो । बर्षा हुँदा पीच भएको स्थानजति पालले ढाकिएको थियो । पाल नै भरी हुनेगरी बर्षा भएपछि ग्राउण्ड स्टाफले फर्म लिए र फर्ममा पानी सोसाएर ट्रली भाडोमा निचोरेर राखे । भरिएपछि मैदान बाहिर लगेर फ्याले । बर्षा रोकिएको छ । अब खेल सुरु हुने तयारी छ ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस