२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल यूएईबीचको फाइनल खेल बर्षाले रोकियो, आज हुन नसके के हुन्छ ?

Heavy rain in Malaysia Nepal's game against Japan is interrupted

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप अन्तर्गतको नेपाल र यूएईबीचको खेल बर्षाका कारण रोकिएको छ । फाइनलमा खेलमा नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।

नेपालले निर्धारित ५० ओभरको समाप्तिमा ८ विकेटको क्षति ब्यहोर्दै २८० बनाएको थियो । अहिले यूएई जवाफी ब्याटिङमा छ । तर खेल बर्षाले रोकिएको छ । ११ ओभरको समाप्तिमा यूएईले २ विकेट गुमाएर मात्र ५० रन जोडेको छ ।

दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभरसम्मको खेल सुरु हुन सक्ने स्थितिमा भने आजै खेल हुनेछ । आज खेल सुरु हुन नसकेमा भोलि ‘रिजर्भ डे’ मा यूएईले यही अवस्थाबाट सुरु गर्नेछ ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस