२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध नेपाल : देव खनालले पूरा गरे शानदार शतक, अर्जुन कुमालको अर्धशतक

Dev Khanal and Arjun Kumal both completed fifties against UAE

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिडिरहेका छन् । नेपालका कप्तान देव खनालले उत्कृष्ट ब्याटिङ गर्दै शतक पूरा गरेका छन् । उनले ९० बलमा १०० रन ल्याउँदै शतकको यात्रा पूरा गरे । यो समाचार लेख्दासम्म नेपालले ३४.४ ओभरमा तीन विकेट गुमाउँदै १८२ रन बनाएको छ ।

नेपालका लागि अर्का ओपनर अर्जुन कुमाललेपनि अर्धशतकको योगदान दिए । उनीहरूबीच शतकीय साझेदारीपछि अर्जुन आउट भए । खराब सुरुवात गर्दै दुई विकेट छिट्टै गुमाएको नेपाललाई देव र अर्जुनले सम्हालेका थिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १४ रनमै दुई विकेट गुमाएको थियो । ओपनर दीपक बोहरा ५ रन र आकाश त्रिपाठी शून्यमा आउट भए । त्यसपछि देव र अर्जुनको साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्‍याएको थियो । अर्जुनपनि आउट भएपछि अहिले उत्तम थापा मगर र देव खनाल क्रिजमा छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस