२०८१ मङ्सिर १५ गते शनिवार | 2024 November 30th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवीन्द्रको अनुरोध : अपराधीलाई आममाफी दिँदा आलो रगत लतपतिएका राष्ट्रपतिको टीका बहिष्कार गरौं

Let's boycott dashain tika president who was bloodied when he gave amnesty to the criminals

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारण सबैमा अपील गरेका छन् । उनले विभिन्न पाँच तर्कहरु प्रस्तुत गर्दै यस्तो अपील गरेका हुन् ।

राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनुपर्नेमा त्यो हुन नसकेको मिश्रको टिप्पणी छ । गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भएको तर देशका नभएको उनले बताएका छन् । ‘अब त झन सबै पार्टीले जटील समयमा राष्ट्रपति किन ‘आफ्नै मान्छे’ हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै संभावना छैन, ‘राष्ट्र र राज्य’ को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

हालै संविधान दिवसमा राष्ट्रपति पौडेलबाट कैद माफी पाएको ब्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको विभत्स हत्या गरेको घटना उनले उल्लेख गरेका छन् । राष्ट्रपतिले नै दिऊँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरीदिएको भन्दै उनले सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको बताएका छन् ।

मिश्रले दिएका थप तीन कारण यस्ता छन्ः

– असत्यमाथि सत्यको जीतको प्रतिकका रूपमा मनाइने बडादशैँको मुखमा राष्ट्रपतिले गरेको उक्त ‘पाप–कर्म’ आम–जनताबाट कसैगरी अनुमोदन हुनु हुँदैन। देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाऊमा नुन-चुक छर्किने ?

– राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आमसर्वसाधारणले वहिष्कार गरेर उनलाई उनको ‘पाप-कर्म’ को नैतिक सजाय दिऊँ । यसले चीरकालसम्मका लागि नेपालको राजनीतिमा एउटा अर्थपूर्ण सन्देश दिनेछ ।

– हामीले यस्ता किसिमका भद्र अवज्ञाहरू गर्न सकेको भए हजारौँ निहत्था नेपालीको ज्यान लिने जघन्य अपराधीहरू सत्तामा पुगेर दशकौँसम्म राज्य लूट मच्चाउन पाउँदैनथे। अपराधको यो हदको सामान्यीकरण हुन पाउँदैनथ्यो। अपराधीहरू सत्तामा हैन, जेलको कालकोठरीमा हुने थिए । अनि जघन्य अपराधीलाई सेटिङ्गमा कैदमाफी दिने हिम्मत कसैको हुँदैन्थ्यो ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस