२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध मात्र ११ रनमा तीन विकेट गुमाएको नेपालका रोहित र आसिफले सम्हाल्न थाले

Fourth setback for Nepal against UAE, lost four wickets

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ । खेलको सुरुमा नै नेपाललाई ठूलो झट्का लागेको छ । नेपालले एकपछि अर्को गर्दै मात्र ११ रन बनाउँदा तीन विकेट गुमाएको छ ।

नेपालका विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल एक रनमा नै आउट भएका छन् । लगत्तै सोमपाल कामीपनि आउट भए । कुशल मल्ल रन आउट हुँदै सुसाइड विकेट दिए । त्यसपछि आएका कप्तान रोहत पौडेलले आसिफ शेखको साझेदारीमा अवस्थालाई सुर्धान थालेका छन् ।

ओपनर आसिफ शेख १७ बलमा १३ रन बनाउँदै नट आउट छन् । चौथो विकेटका लागि आएका कप्तान रोहित पौडेल ६ बलमा ४ रन लगाएर साझेदारी गरिरहेका छन् । यसअघि कुशल भुर्तेल १ रन जोडेर २ बलमा आउट भए । ४ बल खेल्दा २ रन जोडेका सोमपाल कामी सस्तैमा समेटिए । कुनै रन नजोड्दै २ बलमा कुशल मल्ल सुसाइड विकेटको रुपमा रन आउट भए ।  यूएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस