२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लगातार तीन चौका हानेका यूएई खालिदलाई पाँच बलमा नै सोमपालले घर पठाइदिए

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । बलिङ सुरु गरेको नेपालका सोमपाल कामीले पहिलो ओभरमा नै यूएईको पहिलो विकेट लिएका छन् ।

उनले यूएईका ओपनर खालिद साहको विकेट लिए । यूएईका खालिद साह अत्यन्तै विस्फोटक ब्याट्सम्यान थिए । ५ बल खेल्दा लगातार तीन चौका हानेका खालिदलाई पाँचौं बलमा सोमपालले घर पठाइदिए ।

नेपाली टीमका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् । यसअघिका ३ वटै खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ । यूएईले भने एक खेलमा जीत र एक खेलमा हार व्यहोरेको छ ।

हङकङले भने एक खेल पनि जित्न सकेको छैन । टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपालले घरेलु मैदानमा शृंखला खेलिरहेको हो । विश्वकप छनोट एक सातापछि काठमाडौंमै सुरू हुँदैछ ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस