२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाल्पा दुर्घटनामा ज्यान गुमाउने ६ जना लमजुङ निवासी, परिवारजन पाल्पा पुग्दै

Road Accident

पाल्पा । पाल्पाको बैकुण्ठे पहाडमा भएको जिप दुर्घटनामा एक पुरुष, तीन महिला र दुई बालकले ज्यान गुमाएका छन् । उनीहरु लमजुङ निवासी भएको खुल्न आएको छ । भाई कमलजंग थापाले जनबोलीलाई भने, घटनामा पर्नुभएका मेरा दिदिहरुको परिवार हो, हामी पाल्पा पुग्दैछौं । कमल बेसिशहरका हार्डवेर व्यापारी हुन् । यो दुखद घडीमा हामीले नाम सोधेर थप झन्जट दिन चाहेनौं ।

रानी महलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ७२०९ नम्बरको जिप आइतबार अपराह्न बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खसेको थियो । पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार जिप चालक घाइते भएका छन् । दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस