२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाल्पाको बराङ्ग्दी खोलामा जीप खस्दा ६ जनाको मृत्यु

Road Accident

५ कार्तिक, पाल्पा । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए ।

घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाटका साथे जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस