२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीलंकाको विश्वकप क्रिकेटमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित

Sri Lanka wins World Cup against Netherlands by 5 wickets

४ कात्तिक, काठमाडौं । सदीरा समिराविक्रमाको अविजित ९१ रनको मदतमा श्रीलंकाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित हात पारेको छ ।

यो विश्वकप २०२३ मा श्रीलंकाको पहिलो जित हो । भारतको खनउनमा नेदरल्याण्ड्सले दिउको २६३ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन । पावर प्लेमा ५६ रन जोड्दा २ विकेट गुमाएको श्रीलंकाका पथुम निसांका पनि तेस्रो विकेटका लागि ५४ रनमा आउट भए, जतिबेला टिमको स्कोर १०४ थियो । तर सदीराले पारी सम्हाले ।

उनले चौथो विकेटका लागि चरिथा असलंकासँग ७७ र पाँचौं विकेटका लागि धनन्जय डि सिल्भासँग ७६ रनको साझेदारी गरे । श्रीलंकाका लागि विजयी पारी खेलेका उनी ९१ रनमा अविजित रहे । दुशान हेमन्था ४ रनमा नटआउट रहे । नेदरल्याण्ड्सका आर्यन दत्तले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनाएको थियो । उसको पनि सुरुवात अझ खराब थियो । ९१ रन जोड्दा ६ विकेट गुमाएको उसका लागि सिब्रान्ड एंगलब्रेक्ट र लोगन भान बेकले १३० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । एंगलब्रेक्टले ७० र भान बेकले ५९ रन बनाए । श्रंलीकाका दिलशान मदुशंका र कसुन रजिथाले समान ४–४ विकेट लिएका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस