२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्व नेपालको चमत्कारीक बलिङ : एकपछि अर्को गर्दै ६ विकेट लियो

Nepal won the toss against Hong Kong

काठमाडौं । त्रिकोणात्मक श्रृंखलामा हङकङविरुद्व नेपालको बलिङपनि उत्कृष्ट बनेको छ । नेपालले २१४ रनको लक्ष्य दिएपछि जवाफी ब्याटिङमा आएको हङकङले ६ विकेट गुमाएको छ ।

हङकङको शुन्य रनमा नै एक विकेट गुमाएको थियो । खेलको दोस्रो बलमा नै करण केसीले विकेट लिएर हङकङलाई झड्का दिए । २.२ ओभरमा ललित नारायण राजवंशीले नेपालका लागि दोस्रो सफलता दिलाए । उनले निजाकात खानलाई आउट गरे । लेग स्पिनर निजाकात खान टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् ।

७.६ ओभरमा सोमपाल कामीले नेपालका लागि तेस्रो विकेट लिए । उनले बाबर हायतलाई आउट गरे । १३.२ ओभरमा दीपेन्द्र सिंह ऐरीले देशका लागि चौथो विकेट लिए । १४.६ ओभरमा सोमपाल कामीले नै पाँचौं विकेट लिए भने १५.२ ओभरमा ललित नारायण राजवंशीले छैटौं विकेट लिए । नेपालले कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै २१४ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस