२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्व नेपाललाई दोस्रो सफलता : ललितले लिए दोस्रो विकेट

काठमाडौं । त्रिकोणात्मक श्रृंखलामा हङकङविरुद्व नेपालको बलिङपनि उत्कृष्ट बनेको छ । नेपालले २१४ रनको लक्ष्य दिएपछि जवाफी ब्याटिङमा आएको हङकङले शुन्य रनमा नै एक विकेट गुमाएको थियो । खेलको दोस्रो बलमा नै करण केसीले विकेट लिएर हङकङलाई झड्का दिए ।

२.२ ओभरमा ललित नारायण राजवंशीले नेपालका लागि दोस्रो सफलता दिलाए । उनले निजाकात खानलाई आउट गरे । लेग स्पिनर निजाकात खान टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । नेपालले कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै २१४ रनको लक्ष्य दिएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस