२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलेसियामा रोकिएको बर्षा फेरि सुरु : जापानविरुद्ध नेपालको खेल भइरहेको पीचमा फेरी पालले ढाकियो

Rain stopped in Malaysia Match continues with Nepal's best comeback against Japan

४ कात्तिक, काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

२५ ओभरमा मलेसियाको बायुमास ओभलमा भारी बर्षा भएपछि रोकिएको खेल बर्षा रोकिएसँगै सुरु हुने आदेश आएको थियो । पीच ढाकिएको पाल हटाएर कडा बनाउने र सफा गर्ने काम भइसकेको थियो । फेरि बर्षा सुरु भएपछि पालले ढाक्न आदेश दिइएको छ ।

जापानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले २५ ओभरको समाप्तिमा २ विकेट क्षति ब्यहोर्दै १४० रन जोडेको छ । क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खानल छन् ।

नेपालले ७.६ ओभरमा अर्जुन कुमाल गुमायो । २२.१ ओभरमा दिपक बोहोरा आउट भए । अर्जुन कुमाल २३ बलमा मात्र १० रन जोडेर आउट भएका थिए । दिपक बोहोराले ७० बलमा ७९ रन बनाए । १० चौका र २ छक्का सहित उत्कृष्ट ब्याटिङ गरिरहेका दिपक शतक बनाउँन चुके ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने जापान समूह डी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपाल सेमिफाइनल जित्दै यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यमा छ । यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली यू–१९ एसिया कपमा छनोट हुनेछ ।

अर्को सेमिफाइनलमा यूएई र सिंगापुर भिड्नेछन् । दुवै सेमिफाइनलका विजेता फाइनल पुग्दै यू–१९ एसिया कपमा छनोट हुनेछन् । यस्तै सेमिफाइनलमा पराजित हुने टिमका लागि पनि यू–१९ एसिया कप पुग्ने अवसर हुनेछ । सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानको लागि खेल हुनेछ र उक्त खेलमा विजयी हुने टिम पनि यू–१९ एसिया कपमा पुग्नेछ । नेपालका कप्तान देव खनालले पहिले ब्याटिङ गर्दा २८० देखि ३०० रन बनाउन प्रयास गर्ने र त्यसलाई रक्षा गर्ने लक्ष्य रहेको बताए ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस