२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विराटले अन्तिम प्रहारमा छक्काबाट भारतलाई चौथो जित मात्र दिएनन् शतकपनि पूरा गरे

India Vs Bangladesh Virat Kohli not only gave India fourth win with a six in the last shot he completed century

काठमाडौं । विराट कोहलीको शतकसँगै भारतले विश्वकप क्रिकेटमा बंगलादेशलाई ७ विकेटले हराएको छ । यो घरेलु टोलीको लगातार चौथो जित हो । घरेलु मैदान पुनेमा बंगलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

४१ ओभरको खेल सकिँदा भारतलाई जम्मा २ रन चाहिएको थियो र कोहली ९७ मा खेलिरहेका थिए । लगातार दुई डट बल खेलेका उनले तेस्रो बलमा छक्का हान्दै भारतलाई जिताएनन् मात्र, शतक पनि पुरा गरे ।

विश्वकप क्रिकेटमा बिराटको यो तेस्रो शतक हो । उनले आफ्नो पहिलो शतक २०११ मा बंगलादेशविरुद्ध हानेका थिए । २०१५ मा पाकिस्तानविरुद्ध शतक बानाएका उनले २०१९ मा भने शतक बनाउन सकेका थिएनन् । भारतको सुरुवात राम्रो थियो । पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले ८८ रनको साझेदारी गरे । कप्तान रोहित ४८ रनमा आउट भए । त्यसपछि आएका रोहितले भारतको पारी सम्हाले । उनले दोस्रो विकेटका लागि गिलसँग ४४ र तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

चौथो विकेटका लागि कोहली र केएल राहुलले अविजित ८३ रनको साझेदारी गरे । कोहली १०३ र राहुल ३४ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशको पनि सुरुवात राम्रै थियो । तनजीद हसन र लुटन दासले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । हसन ५१ रनमा आउट भए । त्यसपछि बंगलादेशका व्याट्सम्यानहरुले ठूलो साझेदारी बन्न सकेन । चौथो विकेटका रुपमा दास ६६ रनमा आउट हुँदा टिमको स्कोर १३७र४ थियो ।

पाँचौं विकेटका लागि तौहिदु हरीदी र मुस्फिकर रहिमले ४२ रनको साझेदारी गरे । हरीदी आउट भएपछि महमुदुल्लाहले केही ठूलो सर्ट खेल्दै स्कोर टिमको स्कोर २०० कटाए । छैटौं विकेटका रुपमा उनी ४६ रनमा आउट हुँदा बंगलादेशको स्कोर २०१ रन थियो । बाँकी ४५ बलमा २ विकेट गुमाएर ५५ रन जोडेपछि बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रनको योगफल तयार पारेको थियो । भारतका रविन्द्र जडेजा, जसप्रित बुमरा, मोहम्मद सिराजले समान २/२ विकेट लिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस