२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्मी झापा ओखलढुंगामा दुर्घटना : तीन जनाको मृत्यु, ३ जना घाइते

Road Accident

काठमाडौं, २ कात्तिक । गुल्मी, रेसुङ्गा नगरपालिका-१४ टापुस्थित सडकमा लु.१ क ५०२४ नम्बरको जेसीबीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९२ वर्षीय कृष्ण बहादुर सुनारको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, भद्रपुर नगरपालिका-८ नमुना टोलस्थित सडकमा मे.७ प ७७२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने ५१ वर्षीय योग प्रसाद लिम्बूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभारा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ओखलढुंगा, सिद्विचरण नगरपालिका-२ ठुलाछापस्थित सडकमा बा. १५ च ८५७० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही नगरपालिका-२ बस्ने ४५ वर्षीया नरमाया राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक मिसन अस्पताल ओखलढुङ्गामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका बोलेरोमा सवार अन्य ३ जनाको सोही अस्पतामा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस