२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हरेकले यी ९ कुरा सँधै गोप्य नै राख्नुपर्छ : प्रेमी–प्रेमिका वा पति–पत्निबीच पनि खोल्नु हुँदै

Everyone should always keep these 9 things secret

काठमाडौं । नेपाली समाजमा एउटा प्रचलित उखान छ, ‘दुई तोलाको जिब्रो फड्काल्नु भन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस ।’ मुखलाई नियन्त्रण नगर्दा हामी समस्यामा पनि पर्न सक्छौ । त्यसैले जथाभावी वा मनमा आएजति बोल्नु सही होइन । अझ कतिपय यस्ता कुरा हुन्छन्, जसका लागि गोपनियता अपनाउनुपर्छ ।

यो पुरुष वा स्त्री दुबैको हकमा हुन्छ । हरेक मानिसको आफ्नो नितान्त व्यक्तिगत कुराहरु हुन्छन् । यस्ता कुरा, साथीभाईका माझ मात्र होइन परिवारजनसँग पनि साझेदार गर्नु उपयुक्त हुँदैन । परिवारजन मात्र पनि होइन, प्रेमी–प्रेमिका वा पति–पत्निबीच पनि खोल्नु हुँदैन । गोप्य राखिनुपर्ने कुराहरु यदि खोलिदियौं भने हामीले कति समस्याहरु झेल्नुपर्ने हुन सक्छ । यहाँ हामी ती ९ कुराहरु प्रस्तुत गर्दैछौं, जसलाई गरुड पुराणले गोप्य राख्नुपर्ने भनेर सुझाव दिएको छ ।

१, अपमान

यदि कुनै कारणले कतै अपमानको सामना गरिएको छ भने त्यसलाई गोप्य राख्नु नै श्रेयस्कर हुन्छ । यो कुरा अरुलाई थाहा भयो भने उनीहरुले मजाक बनाउनेछन् ।

२, धन हानी

अहिलेको युगमा धन सम्पत्तिलाई नै कुनै पनि व्यक्तिको शक्ति र सामथ्र्यको मुख्य सूचक मानिन्छ । सामान्यतया धनकै आधारमा सम्वन्धहरु बन्छन् र भत्किन्छन् । अतः यदि कहिल्यै धन हानीको सामना गर्नुपर्‍यो भने यस कुरालाई गोप्य नै राख्नु उचित हुन्छ ।

आफ्नो धन नाश भएको अरुलाई सुनाउँदै हिँड्ने हो भने साथीभाईले समेत दुरी बढाउन थाल्नेछन् ।संकटको बेला सहयोग गर्न पनि कोही निस्किदैन । साथै एकाएक कतैबाट ठूलो धनराशी आर्जन भयो भने यो कुरालाई पनि गोप्य नै राख्नु पर्छ ।

३, पति–पत्नीको एकान्त

पति–पत्नीले आफ्नो एकान्तको विशेष ख्याल राख्नुपर्छ । एकान्तमा गरिएका कुराहरु सधै गोप्य राखिनु उचित हुन्छ । यदि पति–पत्नीको एकान्तका कुराहरु अरुलाई थाहा भयो भने यसले उनीहरुको चरित्र र सामाजिक जीवनलाई राम्रो गर्दैन ।

४, मन्त्र

गुरुले दिएको मन्त्रलाई सँधै गुप्त राख्नुपर्छ । गुरुमन्त्र त्यतिबेला मात्रै सिद्ध हुन्छ, जब यसलाई गोप्य राखिन्छ । मन्त्रलाई गोप्य राख्दा चाँडै नै राम्रो फल प्राप्त हुने गरुड पुराणमा उल्लेख गरिएको छ ।

५, दान

गुप्त दानको विशेष महत्व ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । जो मानिसहरु गोप्यरुपमा दान गर्छन्, उनीहरुलाई देवी(देवताको कृपाले सबै सुख सुविधाहरु प्राप्त हुन्छन् । धेरै हल्लाखल्ला गरेर गरिएको दानले पुण्य प्राप्त हुँदैन ।

६, पद–प्रतिष्ठा

कुनै ठूलो पदमा पुगियो र त्यसवापत प्रशस्त मान–सम्मान प्राप्त गरियो भने यस कुरालाई गोप्य राख्नुपर्छ । अर्को व्यक्तिलाई यस्तो कुरा सेयर गर्नुभयो भने उभित्र ईष्र्याको भावना जाग्नेछ र आफू बिरुद्ध षडयन्त्र गर्न थाल्नेछ । यसबाट हामीले आर्जन गरेको पद र प्रतिष्ठा पनि गुम्ने खतरा हुन्छ ।

७, घरभित्रको झगडा

अधिकांश परिवारमा स–साना झैंझगडा भइरहन्छन् । तर, घरभित्रको आपसी झगडा कहिल्यै पनि बाहिर फैलाउनु हुँदैन । यसो गर्दा समाजमा परिवारको प्रतिष्ठामा आँच आउनेछ । साथै आन्तरिक झगडाबाट बाह्य तत्वहरुले फाइदा उठाउन सक्नेछन् ।

८, औषधि
औषधि भनेको डाक्टर हो । मानिसहरूले तपाईको रोगको मजाक बनाएर वा यसको फाइदा उठाएर तपाईलाई विभिन्न तरिकाले दुर्व्यवहार गर्न सक्छन्। त्यसैले रोग, आफूले सेवन गरिरहेको औषधि पनि गोप्य नै राख्नुहोस्।

९, यौन सम्पर्क
यौन सम्पर्क दुनियाँमा नै सार्वजनिक स्थलमा गर्ने वा कसैलाई देखाएर गर्ने कुरा होइन । यो धेरै गोप्य राख्नुपर्ने कुरा हो। यसका बारेमा कसैलाई कही कतै भनिन्छ भने केही न केही अप्ठ्यारो पर्न नै सक्छ । यो सँधैं गोप्य राख्नुपर्छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस