२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस फुट्छ एक रहन्न : गगन थापा

२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’

चुनावमा गठबन्धन गर्ने कुरा पूर्णरुपमा अलोकतान्त्रिक नभए पनि नेपालको सन्दर्भमा निर्वाचन अगाडि गरिने गठबन्धनले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिकलाई विकृत बनाउने थापाको भनाइ छ ।

‘हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो त्यो बोक्नै सक्दैन, यसले तल जरासम्म कुहाउँछ,,’ थापाले भने, ‘त्यसकारण निर्वाचन अगाडि गठबन्धन गर्ने कुरा रणनीतिक हिसाबले फाइदा बेफाइदा होला, सैद्धान्तिक हिसाबले गलत छ । जुन कुरा सैद्धान्तिक रुपले गलत हुन्छ, त्यो कुराले कुनै पनि रणनीतिक बनाएर त्यसको सेवा गर्न पाइँदैन ।’

अर्को चुनाव आउन चार वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको उनले बताए । तल वडादेखि माथिसम्म सरकारै सरकारमा बसेको कांग्रेसमा निराशा रहेको बताउँदै उनले भने, ‘जसलाई भेटे पनि बर्बाद छ, बर्बाद छ । के बर्बाद छ भन्दा ०८४ मा त हारिन्छ भन्ने । यस्तो किन भइरहेको छ रु सरकारमा जाने र बस्ने कुरा किन यति महत्वपूर्ण भइरहेको छ रु’ उनले यसका बारेमा पार्टीमा सघन छलफल गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस