२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बागमतीमा कांग्रेसको सरकार बनाऔं भनेर सांसदहरु म कहाँ आउनुभयो : गगन थापा

२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बागमती प्रदेशमापनि कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठेको बताएका छन् । नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको उनले जानकारी दिए ।

नेपाल प्रेस युनियनको शुभकामना आदान प्रदान तथा चियपान कार्यक्रममा महामन्त्री थापाले भने, ‘आज म कहाँ चार जना बागमती प्रदेशका सांसदहरु आउनुभयो । उहाँहरु के भन्नुहुन्छ भने बागमती प्रदेशमा हामी सबभन्दा ठूलो पार्टी हो, हामी माओवादीलाई मान्दैनौं । सरकार बदलौं ।’ कोशीमा भर्खरै मात्र नेकपा (एमाले) को सहयोगमा सरकार बदलिएको छ ।

त्यसको जवाफमा आफूले पार्टी सभापति र बरिष्ठ नेताहरुलाई सोध्न भनेको उनले बताए । बागमती प्रदेशमा हाल २१ सिट रहेको माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकार छ । गठबन्धन सरकारमा ३७ सिट रहेको नेपाली कांग्रेस र ७ सिट रहेको एकीकृत समाजवादी छन् । महामन्त्री थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने समेत बताएका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस