२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, यस्तो छ राजनीतिक समिकरण

Maoists will give vote of confidence to Chief Minister Kedar Karki

१ कार्तिक, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । प्रदेश सभाको बिहान ११ बजेपछि बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची छ ।’

गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् । राप्रपा र उपसभामुखबाहेक सबै दलका ९३ सदस्यीय प्रदेश सभामा ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन लागेका छन् ।’

कांग्रेस, एमालेसहित माओवादी, एकीकृत समाजवादी लगायतका दलले पनि कार्कीलाई विश्वासको मत दिने बताएका छन् । राप्रपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो । कांग्रेसबाट विद्रोह गरेका आठ तथा एमालेका ३९ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।’

गएको आइतवार शपथ लिएका कार्कीले एमाले तथा कांग्रेसबाट एक, एकजना गरी विनाविभागीय मन्त्रीसमेत नियुक्त गरिसकेका छन् । कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच सत्ता गठबन्धनलाई अझै बलियो बनाउने सहमति भएको थियो । तर आइतवार मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेका नेतालाई पनि मन्त्रिपरिषदमा सहभागी गराएपछि गठबन्धन दलभित्र असन्तुष्टि छ ।’

 

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस