२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

६८औं प्रहरी दिवस २०८० का अवसरमा पुनर्मिलन कार्यक्रम सम्पन्न

३० असोज, काठमाडौं । ६८औं प्रहरी दिवस २०८० का अवसरमा नेपाल प्रहरीद्वारा आयोजित पुनर्मिलन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यलयमा मंगलबार सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर एवम् वरिष्ठ प्रहरी अधिकृतहरू र अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरुबीच प्रहरी दिवस २०८० तथा विजया दशमी, तिहार र छठ पर्वको शुभकामाना आदान प्रदान गरियो ।

पुनर्मिलन कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अग्रज प्रहरीद्वारा आ-आफ्नो कार्यकालमा भएका अथक प्रयासहरूको सम्मान गर्दै उक्त प्रयासलाई आगामी पुस्ताले समेत निडरताका साथ निरन्तरता दिई अगाडि बढ्ने बताउनुभयो । नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको नेपाल प्रहरी कार्ययोजना,२०८० लाई प्राथमिकतामा समावेश गरेको उल्लेख गर्दै त्यस विषयमा अग्रजहरूको अनुभव, सहयोग, सल्लाह र मार्गनिर्देशन प्राप्त भइरहने अपेक्षा रहेको बताउनुभयो ।

सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीहरूले संगठनको श्रीवृद्धि गर्नका लागि आ(आफ्नो कर्तव्य पालना गर्दा निर्भिकता र निडरकासाथ कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीमा आवद्ध भई अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेको सफलताले विश्वमा समग्र नेपाल र संगठनको गौरव बढाएको उहाँले चर्चा गर्दै आउँदा दिनमा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

विविध गीत, संगीत र नाटकसहितको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा प्रदेश सभाका सदस्य, पूर्व सभासद एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवम् पदाधिकारीहरू लगायतका नेपाल प्रहरीका अवकाश प्राप्त तथा बहालवाला प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस