२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप छनोटमा सन्दीप लामिछाने टिममा फर्कने आशा राखेको छु : सचिव पारस खड्का

३० असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले स्पीनर सन्दीप लामिछाने टी–२० आई विश्वकप छनोटका लागि टिममा फर्कने विश्वास व्यक्त गरेका छन् । भोलि बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको क्रिकेणात्मक शृंखलाका बारेमा जानकारी दिन भएको पत्रकार सम्मेलनमा खड्काले सन्दीपसँग आफूहरु नियमित सम्पर्कमा नै रहेको बताए ।

सन्दीपमाथि बलात्कारको आरोप छ र उनीमाथिको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । जसका कारण उनले आफू मानसिक रुपमा खेल्न तयार नरहेको बताउँदै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका थिए । त्यसैले उनी क्रिकोणत्मक शृंखलामा छैनन् ।

‘हाम्रो उहाँसँग निरन्तर सम्पर्क भइरहेको छ,’ पत्रकार सम्मेलनमा पारसले भने, ‘उहाँ त्रिकोणात्मक सिरिज पछि टिममा फकर्ने आश हामी सबैले गरेका छौं ।’ त्रिकोणात्मक टी९२० सिरिजको फाइनल कात्तिक १० गते हुने छ । त्यसको ३ दिनपछि टी–२० आई विश्वकप छनोट सुरु हुने छ ।

पत्रकार सम्मेलनमा कप्तान रोहितकुमार पौडेलले लामिछानेको अभाव टिमलाई खड्किने बताए । ‘सन्दीप नहुँदा टिमलाई फरक पर्छ,’ रोहितले भने, ‘उहाँ आफ्नो व्यक्तिगत कारणले हुनु हुन्न तर टिममा उहाँ नहुँदा फरक पर्छ ।’

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस