२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप छनोटमा लाओसविरुद्ध नेपालको शानदार जित : देशलाई कप्तान किरणले बचाए

३० असोज, काठमाडौं । फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसलाई हराएको छ । नेपालले लाओसलाई घरेलु मैदानमा शून्य गोलमा रोक्दै एक गोलले जित हासिल गरेको हो ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

अन्तिम समयमा नेपालले गोल खाने अवस्थालाई नेपालका गोलकिपर एवं कप्तान किरणकुमार लिम्बुले बचाएर देशलाई हारबाट बचाए । योसँगै नेपाल दोस्रो चरणमा पुगेको छ । नेपालका लागि यो निक्कै ठूलो जित हो ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस