२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायल क्रुरतापूवर्क अघि बढेपछि साउदीले इस्लामिक देशको बैठक बोलायो, स्थिती भयावह हुनसक्ने

Saudi Arabia convened a meeting of Islamic countries

२८ असोज, काठमाडौं । इजरायल र हमासबीचको संघर्ष तथा गाजाका बारेमा छलफल गर्न साउदी अरबले इस्लामिक देशहरूको बैठक बोलाएको छ । साउदीले अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ओआईसीको बैठक बोलाएको हो ।

एक हप्ताअघि गाजाको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँ युद्धको स्थिति छ । इजरायलले गाजाको आधा भूभाग खाली गर्न स्थानीयबासिन्दालाई निर्देशन दिएको छ । ५७ वटा इस्लामिक देश सदस्य रहेको ओआईसीको बैठकमा मध्यपूर्वको स्थिरिता र सुरक्षाका बारेमा पनि छलफल हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बैठकमा ५७ वटै सदस्य देशका विदेशमन्त्री सहभागी हुने तयारी छ ।

गाजा क्षेत्रमा अधिकांश इस्लामिक नागरिक बसोबास गर्दछन् । उनीहरुको रक्षाका लागि यी देशहरुले जस्तोसुकै कदम चाल्न सक्छन् । यस्तो अवस्थामा स्थिती भयावह हुनसक्ने संकेत देखिन्छ ।

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस