२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चाडपर्व मनाउने नाममा फजुल खर्च नगर्न जिल्लावासीलाई एमालेको आग्रह

UML Khotang Program

२८ असोज, खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले दसैं, तिहार र छठको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । दसैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन एमाले खोटाङले जिल्लास्थित सबै राजनीतिक दललाई कार्यालयमा बोलाएर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

पुष्पलाल स्मृति भवन दिक्तेलमा आयोजित कार्यक्रममा दसैं, तिहार र छठको स्वागतमा शुभकामना आदानप्रदान गर्दै साहूहिकरुपमा सद्भावको टीका लगाइएको छ । चाडपर्वलाई हर्षोल्लासका साथ मनाउन तथा आपसी सद्भाव कायम गर्न आव्हान गर्दै एमालेले दसैं–तिहार तथा छठको अवसरमा प्रत्येक वर्ष शुभकामना आदानप्रदान गर्दै टीका लगाउने परम्परा बसाएको छ ।

आपसी सद्भावका लागि कार्यक्रमको अन्तिममा ज्येष्ठ नागरिक टंकप्रसाद आचार्यले राजनीतिक दलका नेता, कर्मचारी, पेशागत सङ्गठन, सङ्घसंस्थाका प्रतिनिधि तथा पत्रकारलाई फूलटीका लगाइदिएर आशिर्वाद दिए । एमालेका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री उषाकला राईको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरुले चाडपर्व मनाउने नाममा फजुल खर्च नगर्न र शान्तिपूर्णरुपमा चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेका छन् । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य एवम् पूर्वसांसद कुलप्रसाद फुयाँल, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्य, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डे ‘आकाश’, जनता समाजवादी पार्टी (जसपा) का जिल्ला उपाध्यक्ष निर्मल राई, एमाले कोसी प्रदेश लेखा आयोग सचिव ओमप्रकाश घिमिरे, उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्य, नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्की, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य मनकाजी राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

एमाले जिल्ला सचिव कुमार आचार्यले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष देवबिक्रम राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । जिल्लामा क्रियाशील अन्य राजनीतिक दलले भने अहिलेसम्म यस्तो कार्यक्रम गरेका छैनन् ।

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस