२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कीर्तिमानी बलिङ र चमत्कारीक ब्याटिङ गर्दै नेपालले बहराइनलाई ७ विकेटले हरायो

२८ असोज, काठमाडौं । दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू–१९ प्रिमियर कपमा बहराइनलाई ७ विकेटले हराएको छ । नेपालले ७७ रनमा नै बहराइनलाई अलआउट गरेको थियो । जवाफी ब्याटिङमा नेपालले ११.४ ओभरमा नै मात्र ३ विकेट गुमाएर ७८ रन जोड्यो ।

मलेसियाको बायुमास ओभलमा भएको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश र दुर्गेशले किफायती बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७ अलआउट भयो ।

दिपेशले कीर्तिमानी बलिङ गर्दै ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए । बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हाकिमले ७७ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरे । अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए । नेपाली बलरको घातक बलिङसामु टिक्न नसकेका बहराइनका पाँच खेलाडीले खातासमेत खोल्न सकेनन् । नेपालका देव खनाल र अर्जुन कुमालले समान ३२ रन जोडे । अरुले खासै संघर्ष गर्नु परेन ।

 

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस