२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोसीका नवनियुक्त मुख्यमन्त्री सपथ लिनुभन्दा अघि नै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा

काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त भएकै दिन काठमाडौं आइपुगेका केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । शनिवार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएसँगै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका कार्की त्यसपछि ओली निवास बालकोट पुगेका थिए ।

नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५) अन्तर्गत कोसीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । शपथअघि नै आफूलाई सहयोग गर्ने दलका अध्यक्षलाई भेट्न कार्की निवास नै पुगे । कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एकजना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन् ।

 

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस