२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुख्यमन्त्रीसँगै एमाले र विद्रोही कांग्रेसका मन्त्रीले शपथ लिने, गठबन्धनले भूईको ठूलो टिप्दा गोजीको खस्यो

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएर आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कार्कीलाई पद तथा गोपनीयताको शपथका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई दिउँसो २ बजे समय दिएका छन् ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा शनिवार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज काङ्ग्रेसबाट विद्रोह गरेका १ जना र एमालेबाट १ जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेसबाट विद्रोह गरेका सांसदमध्ये इलामका शमशेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री बन्ने सम्भावना रहेको छ ।

हिजो एमालेसँग भएको छलफलमा १–१ जना मन्त्री बनाउने सहमति भएको थियो । छलफल पछि कार्की काठमाडौं गएकाले थप छलफल हुन सकेको छैन । काठमाडौँबाट फर्किएपछि थप छलफल हुने एमालेले जनाएको छ । कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस