२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतसँग पाकिस्तान ७ विकेटले पराजित

Pakistan lost to India by 7 wickets

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान ७ विकेटले पराजित भएको छ । भारतीय बलर चम्किदा चिरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई भारतले फराकिलो स्कोरले हराएको हो । भारतले पाकिस्तानलाई एक सय ९१ रनमा अलआउट गराएको थियो । त्यसपछि जवाफी ब्याटिङमा आएको भारतले ३०.३ ओभरको क्षतिमा मात्र ३ विकेट गुमाएर १९२ रनको लक्ष्य हासिल गर्यो ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो। पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए। ५८ बल सामना गरेका उनले ७ चौका प्रहार गरे। त्यस्तै मोहम्मद रिजवानले ६९ बलमा ४९ रन बनाए। इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए।

भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २–२ विकेट लिए। भारतका कप्तान रोहित शर्माले सर्वाधिक ८६ रन बनाए । श्रेयस अय्यरले ५३ रन जोडे । अरुले अर्धसत कटाउन सकेनन् ।

 

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस