२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पत्रकार शुद्धीकरण सूचीप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन प्रेस चौतारीको अल्टिमेटम

२७ असोज, काठमाडौं। नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता सूचीप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन प्रेस चौतारी नेपालले अल्टिमेटमसहित माग गरेको छ । प्रेस चौतारी नेपालको सचिवालयको शनिबार बसेको आकस्मिक बैठकले नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको नाममा २६ असोजमा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सूची सच्याउन माग गरेको हो ।

वैठकपछि प्रेस चौतारीका महासचिव हिरा लामाले जारी गरेको विज्ञप्तिमा शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्ड अनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक गरिएको भनी दाबी गरिएको महासंघका सदस्यहरुको सूची देखेर प्रेस चौतारी नेपाल आश्चर्यचकित भएको उल्लेख छ । श्रमजीवी पत्रकारहरुलाई सदस्यता प्राप्ति र नवीकरणबाट बञ्चित गरेर जारी गरिएको सूचीप्रति प्रेस चौतारी नेपालले आपत्ति प्रकट गरेको छ । महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको संगठन नभई कुनै अमूक राजनीतिक दल र समूहको भातृ संगठनको रुपमा बदल्ने प्रयास गरिनु बिडम्बनापूर्ण छ । यो अग्रजहरुको कष्टसाध्य संघर्ष, योगदान र बलिदानबाट स्थापित आम नागरिकहरुको पनि भरोसायोग्य संगठनको गरिमा र सामाजिक स्वीकारोक्तिलाई कमजोर बनाउने प्रयास हो ।

नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धीकरण गर्दै व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको साझा र गौरवमय संगठनको रुपमा विकास गर्न प्रेस चौतारी दृढ रहेको पुनः स्मरण गराउँदै नेपाल पत्रकार महासंघले निर्धारण गरेका १५ बूँदे मापदण्ड, नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न (८—९ पुस २०७९) साधारणसभाबाट गरिएको सर्वसम्मत निर्णय, श्रमजीवी पत्रकारहरुको संगठनबीच भएका सहमति र भावना विपरित छ सार्वजनिक सूची चौतारीलाई मान्य नहुने स्पष्ट पारिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस