२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक चोक्टा बढी मासु खाएको निहुँमा भिनाजुको कुटाइबाट सालाको मृत्यु

स्याङ्जा । भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले तीन महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो ।

मनबहादुर लामो समयबाट भिनाजुको घरमा काम गरेर बस्दै आएका थिए । गत असार २२ गते मासु धेरै खाएको भन्दै भिनानुले काठको चिर्पटले टाउकोलगायतका ठाउँमा हान्दा मनबहादुर गम्भीर घाइते भएका थिए ।

भिनाजुको कुटाइले घाइते सालाको आइतबार साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाले बताए । सालालाई कुटपिट गर्ने भिनाजुलाई ज्यान उद्योग मुद्दामा जिल्ला अदालतले गत साउन २२ गते पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको खनालले जानकारी दिए । घाइते साला पश्चिमाञ्चल अस्पताल पोखरा उपचारपश्चात् घर फर्के पनि घाउमा किरा परेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस