२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनकपुरमा जब ओलीलाई लिन विमानसम्म नै कार्यकर्ताको लर्को पुग्यो

२४ असोज, जनकपुरधाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलमा विमानको ढोकामा नै पुगेका छन् । धावनमार्गसम्मै कार्यकर्ताको लर्को आइपुग्दा विमानस्थलका कर्मचारी र सुरक्षाकर्मीहरु आत्तिएका थिए ।

मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर पुगेका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै पुगेका हुन् । सुरक्षा संवेदनशीलताका कारण यसरी विमानस्थलको धावनमार्गसम्म पुग्न पाइँदैन । तर एमाले कार्यकर्ताहरुलाई प्रहरी र विमानस्थलका कर्मचारीहरुले रोकेनन् । एमालेकै नेताहरूले पनि रोक्न चाहेनन् ।

ओली एती एयरलाइन्सको जहाज चढेर काठमाडौंबाट जनकपुर पुगेका थिए । एमाले नेता–कार्यकर्ताहरुको भीड हवाई जहाजको ढोकैमा पुग्यो । विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीले भने रोक्न खोजे पनि नेता–कार्यकर्ता जबर्जस्ती ढोकासम्मै पुगेर फूलमाला र खादा लगाइदिएको बताए । विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत बोर्डिङ पास विना जहाजको नजिक जान दिइँदैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ । २०७९ सालको चैतमा पनि केपी शर्मा ओली बाँकेको नेपालगञ्ज विमानस्थलमा ओर्लिंदा एमाले कार्यकर्ताहरु यसैगरी विमानको ढोकैसम्म पुगेका थिए ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस