२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

३ सय ५० जना नेपालीलाई लिन आज राति नेपाल एयरलाइन्स इजरायल जाँदै

Nepal Airlines

काठमाडौं, २४ असोज । युद्वग्रस्त इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन आज नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ । आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायका लागि उड्ने तय भएको छ । जहाज दुबईमा ट्रान्जिट गरी इजरायल जान लागेको हो ।

यसअघि इजरायलले हवाई रूट नदिँदा जहाज उद्वारका लागि जान सकेको थिएन । इजरायल सरकारले रूट उपलब्ध गराएलगत्तै जहाज आज जान लागेको हो । स्वदेश फर्किनका लागि ३ सय ५० जनाले दूतावासमा विवरण उपलब्ध गराएका छन् ।

गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणमा परेर इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन्। यस्तै एकजना बेपत्ता छन् ।

 

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस