२०८१ पुष ८ गते सोमवार | 2024 December 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोनापुर मिनरल्सले आईपीओमा प्रिमियम थपेर कर्मचारीले नै नकिनेको सेयर सर्वधारणलाई बेच्यो

२४ असोज, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १४ देखि १८ असोजसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

तर, कर्मचारीलाई छुट्याएको सेयरमध्ये ५ लाख ८८ हजार ७८४ कित्ता सेयर खरिद नभएपछि उक्त सेयर समेत थप गरी कम्पनीले एक करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर बाँडफाँट गरेको हो । उक्त आईपीओमा कुल ११ लाख ४६ हजार ६६१ लगानीकर्ताले एक करोड ५१ लाख ५९ हजार ९२० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १० लाख ४० हजार ७७० आवेदन स्वीकृत भएको बिक्री प्रबनधक एनआईएमबि एस क्यापिटलले जनाएको छ। उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फत कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

जसअनुसार १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। त्यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता सेयर पनि सोही लगानीकर्ताहरुमा नै थप १ कित्ताको दरले ८ जनालाई बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा आवेदन दिएर सेयर पाएका १० लाख ३२ हजार १३२ आवेदकमध्ये ८ जनाले कम्पनीको थप एक कित्ता सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकले भने सेयर प्राप्त गरेनन् ।

सोनापुर मिनरल्सको आइपीओ बाँडफाँट : यसरी हेर्नुहोस नतिजा

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस