२०८१ मङ्सिर ३ गते सोमवार | 2024 November 18th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युवतीले आफ्नो नाम इन्ट्रि गरेर पुरुषसहित होटल पुगिन्, त्यसपछिको घटनाले प्रहरी नै झस्कियो

चितवन । मुग्लिनको एक होटलमा महिलासँग बास बस्न गएका एक पुरुष मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति ईच्छाकामना ५, मुग्लिन बजारमा रहेको गोरखा होटल एण्ड लजमा बास बस्न गएका पुरुष आज बिहान मृत भेटिएका हुन् ।

हिजो राति सरिता सुनारको नामबाट इन्ट्रि गरेर होटलमा दुईजना बास बसेका थिए । तर, बिहान होटल सञ्चालकले मृत अवस्थामा पुरुष मात्रै भटेका थिए । चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार महिला करिब ३०÷३५ वर्षकी थिइन् भने पुरुषको पहिचान अहिलेसम्म खुलेको छैन ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस