२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रसुवामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु‚ ५ घाइते

Road Accident

रसुवा । रसुवाको आमाछोरिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । आमाछोरिङ्मो–२‚ नेसिङबाट ग्रेतर्फ आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा आमाछोरिङ्मो–२ का अन्दाजी ३० वर्षीय फुर्पा छोवाङ‚ सोही स्थानकी अन्दाजी ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको रसुवा जिल्लाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । गाडी सडकबाट करिब २ सय मिटर तल खसेको बुढाथोकीले बताए । घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याइँदै गरेको उनले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस