२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलि सार्वजनिक बिदा छैन, राष्ट्रिय शोक घोषणा मात्र : मन्त्री शर्मा

काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन । यसअघि एक मन्त्रीले दिएको सूचनामा भर परेर जनबोलीसहित थुप्रै सञ्चारमाध्यमले भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरेका थिए । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

स्रोतका अनुसार बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएको थियो । तर, निर्णय भएन । मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०(१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

इजरायलमा मारिएका नेपालीका परिवारलाई १० लाख दिने, मंगलबार राष्ट्रिय शोक घोषणा

 

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस