२०८१ मङ्सिर १० गते सोमवार | 2024 November 25th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलमा बंकरभित्र लुकेका नेपालीसँग प्रधानमन्त्रीको फोन, अनुमति पाउने बित्तिकै विमान पठाउने

Israel Nepal Prachanda

२२ असोज, काठमाडौं । इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोनबाट कुराकानी गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीले बताए अनुसार प्रधानमन्त्री प्रचण्डले सुरक्षित बस्न आग्रह गरे । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै बिपिनले भने, ‘सक्दो छिटो उद्धारका लागि प्रयास भएको छ, धैर्य गर्दै सुरक्षित बस्नुहोस् भन्नुभयो ।’ प्रधानमन्त्रीलाई विपिन र साथीहरुले आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागे ।

प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे । प्रचण्डभन्दा अघि बोलेका परराष्ट्रमन्त्री एनपी साउदले इजरायल दुतावासका कर्मचारी सहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिए । दुतावासले एनआरएन प्रतिनिधिसहित उद्धार पहल गरिरहेको उनले बताए । बिपिनका अनुसार केही समयभित्र आफूहरुलाई तेल अभिब लैजान पहल भइरहेको दुतावासले बताएको छ । आफूहरु छिटोभन्दा छिटी उद्दारको पर्खाइमा रहेको उनले बताए ।

 

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस