२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महानगरको टोलीले काठमाडौंको मःममा साङ्लासहित ज्यानै जाने बस्तु भेटेपछि…

Kathmandu momo

१८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा महानगरपालिकाले ताला लगाएको छ । सो रेष्टुरेन्टमा मःम खान गएका एक जना ग्राहकले मःममा साङ्ला भेटिएको उजुरी महानगरमा गरेका थिए । सोही उजुरीका आधारमा महानगरको टोली अनुगमनका लागि बिहीबार रेष्टुरेन्ट पुगेर अनुगमन गरेको थियो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोली अनुगमनको क्रममा भान्छा, खाद्य पदार्थ हेरेको थियो । ‘हामीलाई आएको सूचना जस्तै अस्वस्थ ढंगले भान्सा चलाइएको रहेछ, भान्छामा साङ्ला, फोहोर देखिएपछि ताला लगाएर आएका छौं,’ पाण्डेले भने ।

प्राविधिक टोलीले अध्ययन गरेर जरिवाना गर्ने वा मुद्दा चलाउने भन्ने विषयमा टुंगो लाग्ने पाण्डेले बताए । महानगरपालिकामा पछिल्लो समय रेष्टुरेन्ट, क्याफेहरुको विरुद्धमा उजुरी बढिरहेको छ भने महानगरले तत्काल कारबाही गर्ने नीति लिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस