२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी-जनमतका केन्द्रीय नेतालाई स्वागत गर्दै ओलीले भने अब नेपालमा एमाले मात्र रहन्छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सानो नानीकोपनि हात पक्रिन नपाए ढलिहाल्न सक्ने अवस्थाको बुढो भइसकेको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कांग्रेसलाई अवधिले हैन, व्यवहारको बढ्यौलीले च्यापेको दावी गरेका हुन् ।,

अवधिले खासै बुढो त हैन, कांग्रेस कम्युनिस्टको स्थापना झण्डै उस्तै समयमा भएको हो । तर कांग्रेसमा बढ्यौलीपन आइसक्यो । सानो ३२ सिटे नानीको हात नसमाएसम्म ८९ सिटे पार्टी उभिनै नसक्ने अवस्थामा छ ओलीले भने । आज बिहान माधव नेपालको अभिव्यक्ति पढे, उनले कांग्रेसको साथ छोड्नै हुँदैन भनेका रहेछन् । उनलाई त्यो भन्न सुहाउँछ । उनी आफै उभिनै नसक्ने अवस्थाका छन् । तर त्यो कांग्रेस के भएको ? ओलीले प्रश्न गरेका छन् ।,

ओलीले अब नेकपा (एमाले) बाहेक अरु पार्टीको अस्तित्व बाँकी नरहने दावी गरे । अरु पार्टी रहेसम्म एमालेले पार्टी प्रवेश अभियान चलाइराख्ने उनको भनाई थियो । अब अरु पार्टीका अधिकांश नेता-कार्यकर्ता एमालेमा समाहित हुन्छन् । एमाले नामको पार्टी मात्र नेपालमा रहन्छ, ओलीको दावी थियो ।,

पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रको केन्द्रीय स्तरका नेता हुँदै गतबर्ष जनमत पार्टी प्रवेश गरेका शिवचन्द्र प्रसाद कुशवाहासहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । सोही कार्यक्रममा नेपाली कांग्रेस, माओवादी र जसपाका तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीले नेकपा एमालेमा स्वागत गरे ।,

को हुन् शिवचन्द्र प्रसाद कुशवाहा ?

कुशवाहा लामो समयदेखि कम्युनिस्ट पार्टीमा सक्रिय छन् । हाल उनी नेकपा माओवादी केन्द्रमा केन्द्रीय तहको राजनीतिमा पुगेर जनमत पार्टीमा गएका । उनी ०७४ को चुनाव लडे पनि पराजित भए । त्यतिबेला एमालेको साथ पाएका उनी पछिल्लो पटकको चुनाव लड्न माओवादीपनि त्यागे । त्यसपछि जनमत पार्टीमा प्रवेश गरेर कांग्रेस, लोसपा, एकिकृत समाजवादीको समर्थनमा चुनाव लडे । यो पटकपनि उनी पराजित भए । अब भने नेकपा एमालेमा स्थायी रुपमा काम गर्ने उनको प्रतिवद्धता थियो ।,

 

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस