२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा स्थगित

१७ असोज, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भर्नाका लागि लिइने प्रवेश परीक्षा स्थगित भएको छ । डीन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले अर्को सूचना नआएसम्म परीक्षा स्थगित भएको सूचना सार्वजनिक गरेका छन् ।

शाखा अधिकृत वैद्यले सूचनामा प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजीनामा दिएको कारण इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालयको १६ गतेको निर्णय अनुसार अर्को सूचना प्रकाशित नभएसम्म स्थगन गरेको जनाएका छन् । उनल प्रवेश परीक्षाका नयाँ कार्यक्रम सम्बन्धी सूचनाहरु प्रवेश परीक्षा बोर्डको वेबसाइटमार्फत जानकारी गराउने उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस